दफा १३
पुनरावलोकनको लागि निवेदन गर्न सक्ने
: (१) दफा १२ को उपदफा (२) र (४) बमोजिम अनुसन्धान अधिकारीले गरेको कारबाही, मूल्याङ्कन र सजायमा चित्त नबुझेमा सम्बन्धित व्यक्ति वा संस्थाले त्यस्तो कारवाही, मूल्याङ्कन र सजाय उपर पुनरावलोकनको लागि सम्बन्धित वितरक समक्ष निवेदन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा वितरकले पुनरावलोकन गर्नेछ ।
(३) उपदफा (२) बमोजिम पुनरावलोकन गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।